एभरेस्ट बैंकको कार्ड कारोबार अब एनसीएचएलको ईएफटी स्वीचमार्फत

लोकपथ
21
Shares

काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड प्रणाली नयाँ प्लेटफर्ममा सफलतापूर्वक स्थानान्तरण गरेको छ ।

बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले सञ्चालन गरेको ईएफटी कार्ड स्वीच मार्फत कार्ड कारोबार सुरु गरेको जनाएको छ ।

अब बैंकका भिसा कार्ड सम्बन्धी इस्यु, अक्वायरिङ, कारोबारको प्रोसेसिङ र राउटिङ यही प्रणालीबाट हुनेछ ।

यससँगै एभरेस्ट बैंकले नेपालपे कार्ड पनि जारी गर्ने र यसको कारोबार स्वीकार गर्ने भएको छ ।

बैंकका अनुसार यसले राष्ट्रिय कार्ड प्रणालीको प्रयोग बढाउन मद्दत गर्नेछ । नेपालभरका एटीएम, पीओएस मेसिन र विभिन्न डिजिटल भुक्तानी माध्यममा नेपालपे कार्डको स्वीकार्यता विस्तार हुने अपेक्षा गरिएको छ ।

नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्ड बीच सहकार्य भएकाले ग्राहकले स्वदेशभित्र मात्र नभई विदेशमा पनि कार्ड प्रयोग गर्न सक्ने सुविधा अझ विस्तार हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार पुरानो कार्ड प्रणालीबाट एनसीएचएलको नयाँ ईएफटी कार्ड स्वीचमा स्थानान्तरण हुनु महत्वपूर्ण उपलब्धि हो ।

यसबाट कार्ड सेवा अझ सुरक्षित, भरपर्दो र प्रभावकारी बन्नुका साथै सञ्चालन खर्च घटाउन पनि सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?