मोरङ प्रशासनको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले भने– ‘प्रहरीका जीर्ण भवन सुधार्छौँ’

लोकपथ
21
Shares
फाइल तस्बिर

विराटनगर । गृहमन्त्री सुधन गुरुङ शनिबार बिहान विराटनगर पुगेका छन् । जिल्लाको सुरक्षा अवस्था र सेवा प्रवाहको जानकारी लिन उनी मोरङ आएका हुन् ।

विराटनगर पुगेपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

आवश्यक परे एकै ठाउँबाट सबै सेवा उपलब्ध गराउन थप संरचना निर्माण गर्न पनि उनले सुझाव दिएका छन् । उनले नेपाल-भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले प्रहरी संगठनको भौतिक पूर्वाधार सुधार सरकारको प्राथमिकतामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?