काठमाडौं । देशका विभिन्न ७ वटा विश्वविद्यालयले नेतृत्व पाएको छ ।
कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघिका सरकारले गरेका सबै नियुक्तिहरु बालेन नेतृत्वको सरकारले खारेज गरेसँगै विश्वविद्यालयको उपकुलपति समेत रिक्त रहेको थियो
जसअनुसार नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् ।
यसैगरी सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सुजनबाबु मरहठ्ठालाई दिइएको छ ।
सरकारले खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयका उपकुलपतिहरुको नियुक्ति गरेको हो । उपकुलपतिको छनोटका लागि शिक्षामन्त्री समेत रहेका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो ।
शिक्षामन्त्री पोखरेल नेतृत्वको सिफारिस समितिका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री बालेनले उपकुलपति नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया