काठमाडौं । अब नेपाल टेलिकमका ग्राहकले सिमकार्ड लगायतका आवश्यक सामग्री घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् ।
नेपाल टेलिकम र हुलाक सेवा विभागबीच भएको सम्झौतापछि साउन १ गतेदेखि यो सेवा सुरु हुनेछ ।
यसअन्तर्गत सिमकार्ड, आवश्यक कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्स हुलाकमार्फत ग्राहकसम्म पुर्याइनेछ । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने विश्वास गरिएको छ ।
सम्झौतामा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका हुन् ।
नेपाल टेलिकमले अनलाइन र वैकल्पिक माध्यमबाट सेवा विस्तार गर्ने योजनाअनुसार यो कदम चालिएको जनाएको छ ।
हुलाक विभागले पनि देशभर फैलिएको आफ्नो सञ्जालमार्फत सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउन यो सहकार्य उपयोगी हुने बताएको छ ।
यो सहकार्यबाट नेपाल टेलिकमको सेवा अझ सहज, सुरक्षित र सबैको पहुँचमा पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया