ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको अमुल्य ड्रिंकिङ वाटर सर्भिसेज प्रालिले बजारमा वितरण गर्र्दै आइरहेको पानीमा कैफियत देखिएपछि उद्योगमा सिल गरिएको छ ।
उपभोक्ताको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अमुल्य डिं«किङ वाटरको उद्योगमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मापदण्ड भन्दा विपरितका कार्य गरी जनश्वास्थ्यमा गम्भीर असर पुर्याउने गरी काम गरिएको पाइएपछि उद्योगमा सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार उक्त उद्योगले वितरण गर्दै आइरहेको पानी वितरणका लागि प्रयोग हुने जार समेत अर्को कम्पनीको भेटियो ।
यसैगरी पानी प्रशोधन गरी बजारमा लैजाँदा उत्पादन तथा लेवल विवरण नखुलाइएको, पानी प्रशोधन गरी खुल्ला स्थानमै भर्ने गरेको पाइएको छ ।
कम्पनीले पानी प्रशोधन गर्ने आरओ (रिभर्स ओस्मोसिस) पूर्ण रुपमा चुहिने अवस्थामा रहेको मात्र नभएर सरसफाइमा समेत ध्यान नदिइने गरेको पाइएको हो ।
उक्त उद्योगको पानी प्रशोधन गर्ने प्लान्ट जीर्ण अवस्थामा रहेको र उद्योगको अवस्था सुधारसँगै प्रयोगशाला प्रतिवेदन नआउन्जेलसम्मका लागि उद्योग सिल गरिएको विभागले जनाएको छ । विभागले प्रयोगशाला परीक्षणका लागि पानीको नमुना संकलन गरेर अनुसन्धान अघि बढाएको छ ।
‘पानी प्रशोधन गर्ने प्लान्ट जीर्ण अवस्थामा रहेकोले उद्योगको अवस्था सुधारसँगै प्रयोगशाला प्रतिवेदन नआउन्जेल उद्योग सिल गरियो,’ विभागले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया