काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनमा भएको त्रुटी सच्याइएको छ ।
महाधिवेशनमा निर्वाचित दुई जनाको नाम सच्याइएको हो । जसमा यसअघि निर्वाचित दुई जनालाई हटाएर अन्य दुई जनालाई राखिएको हो ।
रास्वपा महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका अनुसार थप गरिएका केन्द्रीय सदस्यहरुमा ध्रुवकुमार थापा मगर र पुजा बास्तोला रहेका छन् ।
महाधिवेशनमा प्रादेशिक भुगोलबाट गण्डकी प्रदेशको मत परिणाममा पुजा बास्तोला निर्वाचित भएकी थिइन् । तर उनको सट्टामा गण्डकीबाट सांसद समेत रहेका सोम शर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । हालैको निर्णय अनुसार पुजा बास्तोलालाई केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरिएको छ ।
यस्तै जनजाती कलस्टरबाट कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएको कागजातका आधारमा धु्रवकुमार थापामगर निर्वाचित भएको आयोगले जनाएको छ ।
यसअघि महाधिवेशनको परिणाम घोषणा भएपछि धेरै मत आएको आफूलाई केन्द्रीय सदस्य नबनाइएको भन्दै पुजा बास्तोलाले कानुनी उपचार खोज्ने बताएकी थिइन् । तर रास्वपाले त्यसलाई सच्याएको हो ।
यस्तो छ रास्वपाको संशोधित केन्द्रीय कमिटीका सदस्यहरुको नाम :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया