प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा, को कहाँ ? [सूचीसहित]

लोकपथ
896
Shares

काठमाडौं । नेपाल प्रहरी नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा लेखा प्रमुखहरूको सरुवा गरेको छ । ३६८ जना लेखा प्रमुखलाई विभिन्न कार्यालय र युनिटहरूमा काज सरुवा गरिएको हो ।

आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसका आधारमा यो सरुवा गरिएको प्रहरीले जनाएको छ । संगठनको प्रशासनिक कामलाई अझ व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले लेखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

नयाँ सरुवाअनुसार विभिन्न महत्वपूर्ण युनिटमा पनि लेखा प्रमुख तोकिएका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा इन्स्पेक्टर उदय कुमार चौधरी, कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रकाश शाहलाई खटाइएको छ ।

त्यस्तै साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्जस्थित प्रहरी अस्पतालमा राजन उप्रेती र बागमती प्रदेश प्रहरी कार्यालयमा सविन कुमार संग्रौला सरुवा भएका छन् ।

यसैगरी ललितपुर प्रहरी परिसरमा वरिष्ठ सई अमृत कुमार भडेललाई लेखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?