काठमाडौं । ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
नकआउट चरणअन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा जापानले पहिलो हाफमा अग्रता बनाएको थियो । खेलको २९औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्यो । ५५औँ मिनेटमा क्यासिमिरोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको ९६औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाए ।
यस जितसँगै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । जापान भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । साथै, जापानले नकआउट चरण पार गर्न नसक्ने आफ्नो इतिहासलाई यसपटक पनि तोड्न सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया