ओली–प्रचण्ड लक्षित बाँस्कोटाको कटाक्ष : पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी फेरि एकताको राग ?

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमाले र नेकपाका नेताहरूले विगतमा पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी पुनः वामपन्थी एकताको चर्चा सुरु गरेकोप्रति कटाक्ष गरेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले एउटै मञ्चबाट फेरि पनि वामपन्थी शक्तिहरू मिल्नुपर्ने धारणा सार्वजनिक गरेको सन्दर्भमा उनले कटाक्ष गरेका हुन् । 

आज सोमबार बिहान सामाजिक सञ्जालमा उनले पार्टी एकताको चर्चा गर्नुअघि पहिलाको गल्तीप्रति आत्मालोचना गर्न र नेतृत्व छाड्न पनि नेताहरूलाई सुझाव दिएका छन् । उनले भनेका छन्, ‘पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ । भयंकर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो, सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन । आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?