काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन् ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले एमालेलाई एकताबद्ध रूपमा सुदृढ गर्दै जनविश्वास कायम गर्ने बताएका हुन् ।
उनले २०७४ सालको निर्वाचनमा पार्टीले राम्रो मत ल्याउँदै सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति–सुव्यवस्था र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे ।
ओलीले एउटा निर्वाचनको परिणामले मात्र सुदृढ संगठन र व्यापक जनाधार भएको एमाले कमजोर नहुने उल्लेख गर्दै नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।
त्यस्तै, नेकपा (एमाले) ले सातै प्रदेशमा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेको पनि जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया