रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? [मतपरिणामसहित]

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा ९९ जना निर्वाचित भएका छन् ।

रास्वपा निर्वाचन आयोगका अनुसार खुलातर्फ ३२ जनासहित कुल ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचन परिणामअनुसार स्वर्णिम वाग्लेले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । उनले प्रवास र इलेक्ट्रोनिक मतदानबाट गरी कुल २,६५६ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन् ।

मत परिणाममा स्वर्णिम वाग्लेपछि सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो स्थानमा रहेका छन् ।

रास्वपाले केन्द्रीय समितिलाई समावेशी र प्रतिनिधिमूलक बनाउने उद्देश्यअनुसार विभिन्न समूहबाट सदस्य चयन गरेको जनाएको छ ।

निर्वाचनको अन्तिम नतिजासँगै नवनिर्वाचित केन्द्रीय सदस्यहरूले अब पार्टीको आगामी संगठन विस्तार, नीति निर्माण तथा नेतृत्वलाई थप सुदृढ बनाउने जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?