रास्वपा महाधिवेशन : खुला केन्द्रीय सदस्यमा स्वर्णिमको सर्वाधिक मत, कसको कति ? [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुल्ला केन्द्रीय सदस्यमा निवर्तमान उपसभापति डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् ।

बिहीबार राति सार्वजनिक भएको केन्द्रीय सदस्यको मत परिणाम अनुसार वाग्लेले सर्वाधिक मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गरेका हुन् ।

यसैगरी वाग्लेपछि सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याएकी छन् भने तेस्रोमा शिशिर खनाललाई १४९५ मत र सागर ढकाललाई २३३३ मत आएको छ ।

देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले खुला तर्फको केन्द्रीय सदस्यमा चर्चित अनुहारलाई छनोट गरेको देखिन्छ ।

कसले कति मत ल्याए ?

  1. डा. स्वर्णिम वाग्ले २६०७ मत
  2. गणेश पराजुली २०४५
  3. बिराजभक्त श्रेष्ठ २०९४
  4. सस्मित पोखरेल १८३३
  5. मनिष झा २२३७
  6. सोविता गौतम २५९४
  7. विपिन आचार्य २१२६
  8. शंकर श्रेष्ठ १४८४
  9. कविन्द्र बुर्लाकोटी २१८४
  10. क्रान्तिशीखा धिताल १४७९
  11. शिशिर खनाल २४९५
  12. राजीव खत्री १७०१
  13. राजुनाथ पाण्डे. १८१२
  14. सुदीप ढकाल १४२९
  15. अनुष्का श्रेष्ठ १३५३
  16. जगदिश खरेल (दोलखा) १५१३
  17. रञ्जु दर्शना २२४९
  18. पुकार बम २०३०
  19. प्रमोद न्यौपाने १८९२
  20. हरि ढकाल २२१९
  21. जगदिश खरेल (ललितपुर) २०४४
  22. रोहन कार्की १०२२
  23. खगेन्द्र सुनार १७०८
  24. यज्ञमणी न्यौपाने १८६९
  25. असीम साह १७२८
  26. टिका संग्रौला १४९०
  27. सागर ढकाल २३३३
  28. लिमा अधिकारी १५०४
  29. रामजी यादव ८६९
  30. निशा डाँगी २०८९
  31. इन्दीरा रानामगर २०४७
  32. रिमा विश्वकर्मा १८१०
  33. रमेश प्रसाईं २१२३
  34. समिक्षा बास्कोटा १६९९
  35. अरनिको पाण्डे ९१२
  36. धनञ्जय रेग्मी ८९०
  37. तोसिमा कार्की २२५७
  38. गणेश कार्की १६९३
  39. आशिका तामाङ १४३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?