काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान गरेका छन् ।
महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान भइरहेको छ ।
सभापति लामिछानेले मतदान गर्दै महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर भएको बताएका छन् ।
रास्वपाको पहिलो महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् । महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व र संगठनात्मक संरचना तय हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया