काठमाडौं । शैक्षिक रुपमा चिकित्सकको योग्यता नै नपुगेको व्यक्तिले बिरामीहरुको उपचारमा संलग्न नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थका ४७ वर्षीय चेतन ए.एम (पौडेल) लाई पक्राउ गरेको हो ।
नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट नियमित रुपमा अनुगमनका क्रममा चन्द्रागिरी नगरपालिका–८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिर्सोटमा चेतनले काम गरिरहेको फेला पारेको थियो ।
मेडिकल काउन्सिलको सिफारिसका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको हो ।
सीआईबीमा अनुसार चेतनले नपाएको चिकित्सा शिक्षाको उपाधी प्रयोग तथा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र बिना नै काम गरिरहेका थिए ।
उनले बिरामीहरुको उपचार तथा औषधि समेत सिफारिस गरेको प्रमाण समेत मेडिकल काउन्सिलले प्राप्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया