स्रोत नखुलेको ७ लाख नगद, अमेरिकी डलर र सुनचाँदीका टुक्रासहित भारतीय पक्राउ

लोकपथ
154
Shares

काठमाडौं । स्रोत नखुलेको ७ लाख भन्दा बढी नेपाली नोट, अमेरिकी डलर र सुनचाँदीका टुक्रासहित एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भइ हाल काठमाडौंको ठहिटी बस्दै आएका ३३ वर्षीय अमित इरगोन्डा घाली रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार अमितको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ, अमेरिकी डलर र सुन तथा चाँदीको टुक्रा समेत बरामद गरिएको छ ।

अमितको साथबाट ७ लाख ३० हजार नेपाली रुपैयाँ, ३४ हजार ५ सय अमेरिकी डलर, ७५ ग्राम तौलको १७ वटा सुनका टुक्रा र २ किलो ६ सय ग्राम चाँदीका टुक्राहरु बरामद गरिएको एसपी कार्कीले बताए ।

उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?