काठमाडौं । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई अर्ध मासिकरूपमा १५ दिनमा तलब दिन पत्राचारसमेत गरिसकेको छ ।
प्रशासन विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालयकुमार श्रेष्ठद्वारा सोमबार हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘अर्थमन्त्रीस्तरको ४ वैशाखको निर्णय र महालेखा नियन्त्रक कार्यालयको २१ वैशाखको पत्रअनुसार आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतितपश्चात अर्धमासिकरूपमा तलब भत्ता भुक्तानी गर्न प्रणालीमा आवश्यक व्यवस्था मिलाइएको ब्यहोरा पत्र प्राप्त हुन आएको हुँदा सोहीबमोजिम कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया