काठमाडौं । सोमबार सुर्खेतबाट पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइ अहिले बहस जारी रहेको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेल पक्षका कानुन व्यवसायीहरुले पौडेललाई पक्राउ गरिएको जरुरी पक्राउ पुर्जीमाथि नै प्रश्न उठाएका छन् ।
लामो समय सार्वजनिक जीवन व्यतित गरिसकेको व्यक्तिलाई राज्यले ज्यादती गरेर पक्राउ गरेको कतिपय कानुन व्यवसायीहरुको राय रहेको छ ।
पौडेलको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता केदार कोइरालाले पौडेल भाग्ने वा प्रमाण नष्ट गर्ने प्रकृतिको व्यक्ति नभएको जिकिर गर्दै उनलाई पक्राउ गरिनु गैरन्यायिक भएको तर्क गरे ।
‘उहाँ (विष्णु पौडेल) भागी जाने अवस्था पनि नभएको, प्रमाण गर्ने अवस्था नभएकाले अनुसन्धानलाई सहयोग गर्नुहुन्छ । त्यसो भएको हुनाले उहाँलाई परिवार वा कानुन व्यवसायीहरुको जिम्मामा छाडिनुपर्छ,’ उनले अघि भने, ‘राज्यले उहाँमाथि ज्यादती गरेको हो । उहाँ राज्यको सुरक्षा घेराभित्र हुनुहुन्छ । राज्यको जिम्मेवार निकायमा बसेको व्यक्ति हो ।’
पौडेलमाथि पक्राउ गर्नुपर्ने यथेष्ठ कारण र प्रमाण नै नभए पनि अन्य व्यक्तिहरुको बयानका आधारमा मात्रै पक्राउ गरिनु कुनै व्यक्तिमाथि वैयत्तिक स्वतन्त्रता हनन भएको उनको तर्क छ ।
पौडेल पक्षका कानुन व्यवसायीहरुले नयाँ सरकार आएपछि पूराना दलका नेताहरुमाथि प्रतिशोध साँधिएको तर्क गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया