काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिनको विषयमा आफूले नै सबैभन्दा बढी आवाज उठाएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले आफ्नो नाम जोडेर मिडिया ट्रायल मार्फत भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने विषय आफूले विगतदेखि नै संसद र तत्कालीन नेकपा (माओवादी केन्द्र) भित्र समेत उठाउँदै आएको स्पष्ट पारेका छन् ।
शर्माले उक्त विषयमा आफू अहिले पनि अडिग रहेको बताउँदै भनेका छन्, ‘यतिखेर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’
उनको भनाइलाई पछिल्ला चर्चाहरू र समाचारहरूबीच आएको प्रतिक्रिया रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया