काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलले हरा यो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने । उनले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरे । यो गोलसँगै मेसीले विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका हुन् ।
मेसीले विश्वकपमा आफ्नो गोल संख्या १७ पुर्याउँदै जर्मनीका पूर्व खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका छन् ।
त्यसपछि इन्जुरी समयमा मेसीले अर्को गोल थप्दै टोलीलाई २–० को जित दिलाएका छन् । योसँगै विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ ।
यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले क्लोजको कीर्तिमान बराबरी गरेका थिए ।
समूह ‘जे’ मा अर्जेन्टिनाको दुई खेलबाट ६ अंक भएको छ । अष्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा छ भने जोर्डन र अल्जेरिया अझै अंकविहीन छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया