चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत आज बिहान सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन सकेको छैन ।
महाधिवेशनको बन्दसत्र बिहान साढे ८ बजेदेखि सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरुको नामावलीमा देखिएका त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले कार्यक्रम प्रभावित भएको हो ।
निर्वाचन समितिले आइतबार करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर उक्त नामावलीमा व्यापक त्रुटि देखिएको भन्दै प्रतिनिधिहरुले गुनासो गरेका छन् । त्यसपछि नामावली सच्याउनका लागि प्रतिनिधिहरुबाट निवेदन संकलन गर्ने कार्य भइरहेको छ ।
प्रतिनिधिहरुले आफ्नो नाम, विवरण तथा प्रतिनिधित्व सम्बन्धी त्रुटि सच्याउन फाराम भरेर निर्वाचन समितिमा बुझाइरहेका छन् । नामावली अद्यावधिक गर्ने काम सम्पन्न भएपछि मात्र बन्दसत्र सुरु हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया