काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । दमको समस्या बढेपछि काठमाडौंको फ्रन्टलाइन अस्पताल मा उपचारका क्रममा आइतबार राति उनको निधन भएको हो ।
खरेल नेपाली कांग्रेसका इमानदार र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित थिए । उनले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए र विभिन्न लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।
२०५६ सालमा सांसद निर्वाचित भएका उनी शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए । शिक्षा क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको बताइन्छ ।
उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन् । उनका छोरा महेश खरेल पाँचखाल नगरपालिकाका प्रमुख हुन् ।
खरेलको अन्तिम संस्कार आज दिउँसो पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया