काठमाडौं । पार्टीको महाधिवेशनमा सहभागि हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ चितवन पुगेका छन् ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चोकमा रास्वपाको प्रथम महाधिवेशन आजबाट सुरु हुँदैछ ।
०७९ साल असार ७ गते पार्टी स्थापना दिवसकै दिन रास्वपाले पहिलो महाधिवेशन गर्न लागेको हो ।
त्यसका लागि प्रधानमन्त्री बालेन छोरी र श्रीमतीसहित चितवन पुगेका हुन् । आजको उद्घाटन सत्रमा रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह लगायतले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
बालेन भरतपुर विमानस्थलबाट छोरीलाई बोकेर बाहिरिएका हुन् ।
आज, भोलि र पर्सी (असार ७, ८ र ९ गते) चितवनमा रास्वपाको पहिलो महाधिवेशन हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया