शैक्षिक भ्रमणमा निस्किएको स्कुल बस उदयपुरमा दुर्घटना, एक शिक्षकको मृत्यु

लोकपथ
854
Shares

काठमाडौं । उदयपुरमा शैक्षिक भ्रमणमा रहेका विद्यार्थी सवार बस दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

महोत्तरीको बर्दिवासबाट शैक्षिक भ्रमणका लागि गाईघाटतर्फ जाँदै गरेको दिपज्योति एजुकेसन इङ्लिस बोर्डिङ स्कुलको बस उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी लोकमार्गअन्तर्गत अँधेरी जोगीटोलमा आज बिहान दुर्घटनामा परेको हो ।

बसमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी ३५ जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका शिक्षकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते ३२ जनालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर रिफर गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?