रास्वपाको महाधिवेशन तयारी कति अघि बढ्यो ?

लोकपथ
28
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी चितवनमा तीव्र रूपमा अघि बढेको छ ।

यही असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय तथा सभाहल निर्माणको काम सुरू गरिएको पार्टीले जनाएको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुर स्थित गेस्टहाउस चौरमा हुने छ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।

पार्टीले यस महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक दिशा र रणनीति तय गर्ने तयारी गरेको छ ।

देशभरबाट करिब ३ हजार प्रतिनिधि चयन भइसकेको र उनीहरूको सहभागितामा महाधिवेशन सम्पन्न हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?