‘हामी पानी बाँड्ने मान्छे’ भन्दै रोष्ट्रममै हाँसे गृहमन्त्री

लोकपथ
63
Shares

काठमाडौं । बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटका विषयमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरुले जवाफ दिए ।

गृह मन्त्रालयगत सांसदहरुले उठाएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले जवाफ दिए । सो क्रममा मन्त्री गुरुङ खित्का छाडेर हाँसेको विषयले केहीबेर संसद नै हाँसोले गुन्जयमान भएको थियो ।

बोलिरहेका गृहमन्त्री गुरुङले रोष्ट्रममै पानी पिए । अनि कुरा सुरु गर्नुअघि ‘पानी खाए जिस्काउला फेरि । पानी त खान पाइन्छ नि ! हामीलाई पानी बाँड्ने मान्छे भन्छन्’ भन्दै हाँसो छुट्टयो । त्यसपछि पुनः जवाफ दिन अघि बढ्दा उनको हाँसो रोकिएन । उनले पुनः पढ्न थाल्दा हाँसोको फोहोरा छुट्टयो, त्यसपछि भने उनी आफूलाई संयमित बनाउँदै अघि बढे ।

गत भदौको २३ र २४ मा भएको जेनजी आन्दोलनमा सुधनमाथि पानी बाँड्न गएको समाजसेवीका रुपमा चर्चा भएको थियो । सुधन आफैँले आफूहरुले जेनजी आन्दोलनमा पानी बाँड्न गएको तर कुनै पनि तोडफोडमा सामेल नभएको दाबी गरेका थिए । राजनीतिमा आउनुअघि एनजीओमार्फत् समाजसेवामा सक्रिय गुरुङले भदौ २३ को दिन भोलुन्टियरकै रुपमा काम गरेका थिए । तर भदौ २४ मा भने सुधन र उनको टिम भीड व्यवस्थापनमा समेत देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?