स्वास्थ्य बिमा दाबी भुक्तानीका निम्ति थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढाइयो

लोकपथ
42
Shares

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ ।

बोर्डका अनुसार विगत आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकमलाई प्राथमिकताका साथ निकासा गरिएको हो ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा यसलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बाँकी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यसअघि जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । त्यसैगरी जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो ।

यस्तै, जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। लगातार भइरहेका यी भुक्तानीले अस्पतालहरूको बक्यौता घटाउन र सेवा प्रवाहलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?