काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको विषयप्रति आपत्ति जनाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सचेतक परियारले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी तथा संसद् र जनतालाई जानकारी नदिई राजनीतिक सहमतिका आधारमा गुरुङलाई पुनर्बहाली गरिएको भन्दै आलोचना गरे ।
उनले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्दै यस विषयमा पारदर्शिता अपनाउनुपर्ने बताए । साथै, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनहरू पनि सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।
सचेतक परियारले आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गर्नुको कुनै औचित्य नरहेको उल्लेख गर्दै सरकारले जनचासोका विषयमा स्पष्ट जानकारी दिनुपर्ने धारणा राखे ।
उनले भने, ‘तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी, सदन र जनतालाई जानकारी नदिई शंकास्पद राजनीतिक सेटिङका आधारमा पुनः गृहमन्त्री बनाइएको छ । यो निन्दनीय कार्य हो । त्यसैले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया