काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चार दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चीन जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले वाङ यीसँग भेट गरी नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने र दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल गर्नेछन् । उनले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका बेला बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन् । सम्मेलनमा उनले चिनियाँ व्यवसायी तथा उद्यमीहरूसँग भेट गरी नेपालमा लगानीका अवसरबारे छलफल गर्नेछन् ।
मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोह आयोजना गर्नेछ । उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन् ।
परराष्ट्रमन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया