काठमाडौं । सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रशारण गर्नसक्ने प्राइभेट वेबसाइट र मोबाइल एपको नेपालमा रोक लगाएको छ ।
३५ वटा वेबसाइट र एपमार्फत नेपालमा फिफा वर्ल्डकपको स्ट्रिमिङ हुन नसक्नेगरी प्रसारणमा रोक लगाएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको हो ।
नेपालमा फिफा वर्ल्डकप २०२६ को नेपालमा आधिकारिक प्रशारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोस्टर्स र डिसहोम प्रालि अन्तर्गतको डीजीओ जोइन्ट भेन्चर एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टिएम जेभीले प्राप्त गरेको भन्दै प्राधिकरणले अनधिकृत प्रशारण बन्द गरिएको जनाएको छ ।
त्यसका लागि सरकारले विभिन्न ३५ वटा वेबसाइट तथा एपहरु बन्द गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया