संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भयो : डा.स्वर्णिम वाग्ले

लोकपथ
98
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफ्नो विरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भएको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले संसद् अवरोध गरेर आफूलाई लक्षित गरी गलत सूचना फैलाइएको बताएका हुन् ।

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,‘अर्थमन्त्री वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएको हुँ ।’

उनका अनुसार बजेटमाथिको छलफल र नीति निर्माणमा ध्यान दिनुपर्ने समयमा राजनीतिक अवरोध सिर्जना गरिएको र त्यस क्रममा आफूलाई लक्षित गरी गलत प्रचार गरिएको हो ।

समिति बैठक हाल जारी रहेको र अर्थमन्त्रीले आफ्नो धारणा राख्ने क्रम जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?