१७ सदस्यीय मन्त्रिमण्डल : पाँचौँ वरियतामा सुधन, ८औँमा महावीर

लोकपथ
168
Shares

काठमाडौं । वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमा दुई मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को आकार १७ सदस्यीय बनेको छ ।

आज गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्द्धन मन्त्रीमा महावीर पुन नियुक्त भएका छन् ।

नयाँ मर्यादाक्रम अनुसार बालेनले प्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी समेत आफ्नै भागमा राखेका छन् ।

त्यस्तै बालेनपछिको दोस्रो वरियतामा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल र चौँथो वरियतामा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका छन् ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ पाचौँ र नवनियुक्त नवप्रवर्द्धनमन्त्री महावीर पुन ८औँ वरियतामा रहेका छन् । यसो त छैठौँ वरियतामा पूर्वाधार विकासमन्त्री सनिल लम्साल, सातौँ वरियतामा कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम रहेका छन् ।

यस्तो छ मर्यादाक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?