काडमाडौं । प्रहरीले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय राजु मिजार रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बैंकिङ कसूरमा पीडितहरुले दिएको उजुरीका आधारमा फरार रहेका उनलाई पक्राउ गरेको हो ।
मिजारले काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसूर (१२) र चेक अनादर (२) गरी जम्मा १४ वटा मुद्दामा दोषी भई फरार रहेका व्यक्ति भएका थिए ।
ती मुद्दामा फैसला भई २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगो कायम भएको प्रहरीले जनाएको छ । उनलाई अदालतले बिगो बमोजिम हुन आएको जरिवाना ४३ लाख २३ हजार तथा क्षतिपूर्ति रकम १ लाख ७२ हजार ९४१ र ९० दिन कैद सजाय कायम गरेको थियो ।
त्यसपछि फरार रहेका मिजारलाई खोजतलासका लागि खटिएको ब्यूरोको टोलीले यही जेठ २५ गते काठमाडौं महानगरपालिका ४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
उनलाई आज फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको प्रहरीले जानाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया