काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई इतिहासको अध्ययन गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरु ३५ वर्ष यताको हुन् भन्दै उल्लेख गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराएका हुन् ।
मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले प्रधानमन्त्री साहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने पनि बताए ।
प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उनले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पारेका हुन् ।
नेता केसीले प्रधानमन्त्रीले आफनो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने पनि बताए ।
उनले भने, ‘प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि भरिया लगाएर अर्कोले जवाफ दिएर हुँदैन । तपाईमाथि प्रश्न उठाएको कुनै प्रतिनिधि राखेर अथवा कोही मान्छेमार्फत जवाफ दिएर हुन्छ रु हुँदैन । उहाँको अभिव्यक्तिबाट जे आयो, त्यसलाई सच्याउनुपर्ने अथवा त्यसमा गल्तीभए फिर्ता लिनुपर्ने । अथवा कुन मनसायले भनेको हो, उहाँले आएर भनिदिँदा के हुन्छ रु आज मैले उहाँको स्टाटस हेरेको थिएँ नक्कली हो कि के हो ? थाहा छैन । ३५ वर्षदेखि यो समस्या रहेको हो भनेर भन्नुभएको छ । मैले सम्माननीय प्रधानमन्त्रीजीलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने अलि इतिहासलाई अध्ययन गरौँ । यो ३५ वर्षयताको समस्या मात्रै होइन ।’
नेता केसीले संसदलाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया