अन्नतः भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

लोकपथ
0
Shares

काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

विपक्षीहरुको विरोधपछि सभामुखले १ः३३ बजे बैठक स्थगित गरेका थिए । तर विपक्षी दलहरुसँग कुरा नमिलेपछि सूचना टाँसेर मंगलबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को विवादित अभिव्यक्ति, आर्थिक विधेयकमा करका दर हेरफेर लगायतका विषयमा विपक्षीहरुले विरोध जनाइरहेका छन् ।

हालै प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमी मिचेको भन्दै दिएको अभिव्यक्तिबारे चौतर्फी विरोध भइरहेको छ । विपक्षीहरुले प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे माफी माग्नुपर्ने, संसदको रेकर्डबाट हटाउनुपर्ने लगायतका माग राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?