काठमाडौं । स्पेस एक्स (Space X) ले विश्व शेयर बजारमा हालसम्मकै ठूलो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउँदैछ ।
एलन मस्कको विश्वकै ठूलो अन्तरिक्ष कम्पनी हो स्पेस एक्स । जसले आगामी जुन १२, २०२६ मा न्यूयोर्कको नास्डाक स्टक एक्सचेन्जमा यसको शेयर सूचीकृत गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १३५ अमेरिकी डलरको दरमा ५५ करोड ५६ लाख कित्ता शेयर बिक्री गरेर ७५ अर्ब अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको जनाएको छ । उक्त आईपीओ निष्काशनपश्चात स्पेस एक्सको कुल बजार मूल्यांकन करिब १७ खर्ब ७० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।
स्पेस एक्सको आईपीओ २ किसिमबाट किन्न सकिने बताइएको छ । सेक्युरिटी कम्पनी र बुक बिल्डिङमार्फत् पनि आईपीओ खरिद गर्न सकिनेछ ।
कसरी किन्न सकिन्छ आईपीओ ?
स्पेस एक्सले आफ्नो आईपीओको करिब २५ प्रतिशत अर्थात् एक चौथाई शेयर सर्वसाधारण लगानीकर्ताका लागि सुरक्षित राखेको छ ।
लगानीकर्ताले अमेरिकामा चार्ल्स स्वाब, फिडेलिटी, रोबिनहुड र मोर्गन स्टयान्लीको ईट्रेड जस्ता प्लेटफर्ममार्फत् आवेदन दिन सक्नेछन् । यता बेलायतमा एजे बेल र हाग्र्रेभ्स ल्यान्सडाउन जस्ता ब्रोकरहरुले पनि पहुँच दिइरहेको द गार्जियनले जनाएको छ ।
के नेपाली लगानीकर्ताले स्पेस एक्सको आईपीओ किन्न सक्छन् ?
हालसम्म नेपालबाट प्रत्यक्ष रुपमा विदेशी कम्पनीको शेयर खरिद वा लगानी गर्न पाउने नीतिगत व्यवस्था रहेको छैन । जसकारण नेपालीहरुले तत्कालका लागि उक्त आईपीओमा लगानी गर्न पाउने छैनन् । तर विदेशमा रहेका नेपालीहरुको हकमा भने सोही देशको नियम अनुसार खरिद गर्न पनि सक्नेछन् ।
रकेट प्रक्षेपणमा स्पेस एक्सको विश्वव्यापी प्रभुत्व
स्पेस एक्सले आंशिक रुपमा पुनः प्रयोग गर्न मिल्ने रकेट बनाएर अन्तरिक्ष दौडेलाई नयाँ मोड दिएको छ । त्यसो त स्टारलिङ्क मार्फत् करोडौँ ग्राहकहरुलाई स्याटेलाइट इन्टरनेट सेवा र स्टाशिप रकेट कार्यक्रम तथा भविष्यका लागि चन्द्रमा र मंगल ग्रह अभियान जस्ता कार्यक्रमहरुका कारण स्पेस एक्स मूल्यवान कम्पनी बन्न सफल भएको छ । कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा समेत स्टारलिङ्कसँग आवद्ध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया