बजेट विरोध गर्नेहरूलाई अर्थमन्त्री वाग्लेको जवाफ : ‘दुई-चार सय बढ्दैमा आकाश खस्दैन’

लोकपथ
161
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटको विरोध गर्नेहरू कुरा पचाउन नसक्ने समूह भएको टिप्पणी गरेका छन् ।

शुक्रबार आयोजित फिन इन्फोटेक मेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बजेटबारे भ्रामक प्रचार नगर्न आग्रह गरेका हुन् । उनले सरकारले यसपटक मध्यवर्गको सुरक्षा र विस्तारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको दाबी गरे ।

उनले स्वास्थ्य क्षेत्र र निजी विद्यालयमा दुई–चार सय रुपैयाँसम्म अतिरिक्त भार पर्दैमा आकाश नखस्ने स्पष्ट पारेका छन् ।

उनले विगत ३० वर्षदेखि गरिबीका नाममा धेरै राजनीतिक भाषण भए पनि वास्तविक रूपमा गरिबको जीवनस्तर उकास्न नसकिएको उल्लेख गरे । नगद बाँड्दैमा गरिब धनी नहुने भन्दै उनले गरिबलाई मध्यमवर्गमा रूपान्तरण गर्ने लक्ष्यसहित सरकारले अर्थराजनीतिक दिशा परिवर्तन गर्न खोजेको बताए ।

अर्थमन्त्री वाग्लेले आफूहरू वामपन्थी पृष्ठभूमिबाट आएको उल्लेख गर्दै गरिबको नाममा राजनीति गर्ने तर व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कदम चालेको दाबी गरे ।

उनले बिजुलीमा लगाइएको भ्याटलाई समेत औपचारिक कर प्रणालीभित्र ल्याउन सरकारले साहसिक निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?