काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा अयोध्या पुगेका छन् ।
पाँचदिने भारत भ्रमणमा रहेका सभापति लामिछाने आफ्नो भ्रमण टोलीसहित अयोध्या पुगेका हुन् । भ्रमणका क्रममा उनले विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका छन् ।
रास्वपाका अनुसार भ्रमण टोली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका दौरान भएका राजनीतिक भेटघाट तथा छलफलका विषयमा पार्टीले थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया