‘राष्ट्र विरोधी अभिव्यक्ति दिनेव्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’

लोकपथ
42
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल ले प्रधानमन्त्री बालेन शाह द्वारा हालै दिइएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले बालेन शाहले संसदमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको जस्तो आशय आउने अभिव्यक्ति दिएको भन्दै त्यसलाई गलत, गम्भीर र राष्ट्रहितविपरीत भएको टिप्पणी गरेका हुन् ।

खनालले उक्त अभिव्यक्तिलाई खतरनाक भन्दै प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो प्रकारको टिप्पणी सुहाउँदो नभएको बताएका छन् । उनले त्यस्तो भनाइ कुन तथ्य, प्रमाण वा आधिकारिक दस्तावेजका आधारमा आएको हो भन्ने प्रश्न पनि उठाएका छन् ।

उनका अनुसार यस्ता अभिव्यक्तिले देशभित्र तथा विदेशमा रहेका नेपाली नागरिकको भावनामा चोट पुग्ने भएकाले जिम्मेवार नेतृत्वबाट बढी संवेदनशील र तथ्यमा आधारित अभिव्यक्ति आउनुपर्ने आवश्यकता रहेको छ ।

यस विषयमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट भने थप स्पष्ट प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?