काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान बस्दै छ ।
आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि आज बिहान ८ बजेका लागि सारिएको हो ।
प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर संसद्मा विपक्षी दलका सांसदहरूले विरोध गरेपछि बैठक बस्न ढिलाइ भएको थियो ।
संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा बैठक बस्न नसकेपछि यसलाई आज बिहानका लागि सारिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया