काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले भारतले मात्र नभएर नेपालले समेत कतिपय स्थानमा जग्गा मिचेको दाबी गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले सो कुरा बताएका हुन् ।
‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको, भारतले नेपालको मात्र होइन नेपालले भारतको पनि कतिपय स्थानमा सीमा मिचेको रहेछ । हामी दुवै पक्ष सल्लाह गरेर मित्रताका हिसावले त्यसो समस्या समाधान गर्छोँ,’ प्रधानमन्त्री बालेनले जवाफ दिँदै भने ।
त्यसअघि विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद अरेन राईले नेपाल–भारतको सीमा समस्याबारे पश्न उठाएका थिए । साथै त्यसअघि कतिपय सांसदहरुले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमी मिचेकोबारे सरकारको धारणा के छ भन्दै चासो राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया