काठमाडौं । काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जना लुटेरालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्ति काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते भएका कार्की जेनजी आन्दोलन हुँदा भदौ २४ मा केन्द्रीय कारागारबाट भागेका थिए । उनी डाँकाचोरी मुद्दामा जेल परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, कार्कीको बायाँ खुट्टामा गोली लागेको छ । ‘जडीबुटीमा प्रहरीसँग मुठभेठ हुँदा जवाफी कारबाही कार्कीको मृत्यु भएको जवाफी कारबाहीका क्रममा हाम्रो एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन्,’ उनले भने ।
लुटपाटमा संलग्न कार्कीलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । प्रहरी कर्मचारीको कान्तिपुर अस्पतालमा उपचार हुँदैछ ।
प्रहरीका अनुसार, गोली हानेर नियन्त्रणमा लिइएका कार्कीसहित अर्का व्यक्तिले शनिबार दिउँसो सुकेधारामा एक जना महिलालाई आँखामा खुर्सानीको धुलो छर्केर सिक्री लुटेर भागेका थिए । उनलाई खोज्ने क्रममा जडीबुटीमा जम्काभेट भएको प्रहरीको दाबी छ । लुटपाटमा संलग्न अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया