काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटीका सबै नेताहरूको जिम्मेवारी निर्धारण गरेको छ ।
पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन तथा जिम्मेवारी टुंगो लगाएको हो ।
बैठकले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेताहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरेको जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न कोणबाट प्रहार भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा नेता–कार्यकर्ता अझ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले पार्टीको संगठनात्मक एकता, अनुशासन र सक्रियतालाई सुदृढ बनाउँदै जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत हुन सबैलाई आह्वान गरेका छन् ।
एमालेले जिम्मेवारी बाँडफाँटसँगै पार्टी संगठनलाई थप गतिशील, सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया