अध्यक्ष ओलीको आरोप– ‘पुराना दललाई सिध्याउने षड्यन्त्र भइरहेको छ’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरूलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

शुक्रबार जारी गरिएको अपानि–२ मा उनले लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गरेका दल र नेतृत्वलाई हटाउने प्रयास भइरहेको आरोप लगाएका हुन् ।

ओलीका अनुसार ‘नयाँ र पुराना’ को नाममा लोकतन्त्रका लागि योगदान दिएका दलहरूलाई विस्थापित गर्ने प्रयास भइरहेको छ ।

उनले २३ र २४ भदौका घटनापछि मुलुक प्रतिगमनतर्फ गएको र त्यसलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउन एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डा अघि सारेको पनि उल्लेख गरेका छन् । तर अन्य दलहरूको साथ नपाएकाले पार्टी निर्वाचनमा जान बाध्य भएको उनको भनाइ छ ।

ओलीले निर्वाचनको परिणाम एमालेका पक्षमा नरहेको स्वीकार गर्दै प्रमुख लोकतान्त्रिक दलहरूका लागि पनि परिणाम अनुकूल नभएको बताएका छन् ।

उनले निर्वाचन प्रक्रिया पनि सामान्य जस्तो नभएको भन्दै शंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?