नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु हुँदै, गगनले उद्घाटन गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा गर्ने कार्यक्रम छ ।

नेपाल थारु संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई आधार बनाएर पहिलो महाधिवेशन आयोजना गरेको जनाएको छ ।

महाधिवेशनमार्फत संगठनलाई थप बलियो र व्यवस्थित बनाउने तथा थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई प्रभावकारी रूपमा उठाउने लक्ष्य राखिएको छ ।

संघका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी नीति, कार्यक्रम र कार्यदिशा तय गर्नेछ । यसलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेता, थारु समुदायका अगुवा, विभिन्न जिल्लाबाट आएका प्रतिनिधि र शुभेच्छुकहरूको सहभागिता रहने बताइएको छ ।

महाधिवेशनका विभिन्न सत्रमा संगठनको भावी रणनीति, नीति तथा कार्यक्रमबारे छलफल हुने कार्यक्रम छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार महाधिवेशनमा सहभागी हुन थारु समुदायका सयौँ नेता तथा कार्यकर्ता काठमाडौं आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?