स्वदेशी उद्योग प्रवर्द्धन गर्न २५३ प्रकारका कच्चा पदार्थको भन्सार घटाउने सरकारको घोषणा

लोकपथ
49
Shares

काठमाडौं । सरकारले नेपालमा वस्तु उत्पादनमा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाएको छ ।

शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वदेशी उत्पादन तथा उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिँदै कच्चा पदार्थको भन्सार दर घटाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार उद्योगमा प्रयोग हुने कच्चा पदार्थको लागत कम गरी उत्पादन क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकारले यस्तो व्यवस्था गरेको हो ।

सरकारले भन्सार दर घटाउने निर्णयबाट स्वदेशी उद्योगको उत्पादन लागत कम हुने, औद्योगिक गतिविधि विस्तार हुने तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?