काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।
गृहजिल्ला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारणा राखेका हुन् ।
पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे ।
‘तमाम दिदीभाइ, दाजुभाइहरू साँच्चै नै नेपाल फर्किने तयारी गर्नुस् । यो देश बन्छ । समृद्ध हुन्छ । यो देशमा सुशासन कायम हुन्छ । यो देशमा भ्रष्टाचार अन्त्य हुन्छ । यो देश नेपाली नागरिकलाई बस्न लायक देश बन्छ,’ उनले भने, ‘सबै धर्म मान्नेहरूले सम्मानजनक रुपमा आफ्नो धर्म मान्न पाउनुहुन्छ । सबै आफ्नो परिवारसँग बस्न पाउने दिनको पर्खाइमा हुनुहुन्छ ।’
त्यस्तै आफूहरु किन राजनीतिमा आयौँ भन्ने तथ्य पुष्टि गर्नेगरी आफूहरुले काम गरिरहेको समेत दाबी गरे । साथै आफ्नो तर्फबाट देशले चाहे जस्तो कानुन निर्माणका लागि आफू लागिपरेको उनको भनाइ रहेको छ ।
‘मैले पटकपटक आफ्नो कार्यक्रमहरूमा भन्ने गरेको छु । समाजले चाहेको कुरा, यो देशले चाहेको जस्तो कानुन, जनताका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न मेरो तर्फबाट एक सय प्रतिशत अनवरत निरन्तर काम हुनेछ,’ उनले थपे, ‘जनताले अबको केही वर्षमा पक्कै महसुस गर्नुहुनेछ( हामीहरू किन राजनीतिमा प्रवेश गरेका रहेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया