फेसबुकमा हर्क साम्पाङको स्ट्याटस : कुलमानलाई पार्टी एकताको निम्तो, धरानको मेयरमा धनबहादुर उम्मेदवार

लोकपथ
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा गरेका छन् । साम्पाङले हिजो बुधबार घिसिङलाई पत्र मार्फत एकताको निमन्त्रणा गरेका हुन् । सोको जानकारी उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

आफ्नै लेखन शैलीमा साम्पाङले बिहीबार बिहान फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब. देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ??? यस्तो नि हुन्छ ??? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो ।’

उता, साम्पाङले धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार अहिले नै घोषणा गरेका छन् । निर्वाचन हुन एक वर्ष बाँकी रहँदा नै उनले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई उम्मेदवार बनाउने बताएका हुन् ।

धरानको मेयरमा यसअघि स्वतन्त्र उठेर जितेका साम्पाङ पदत्याग गरी संघीय निर्वाचनमा होमिएर जित हासिल गरिसकेका छन् । धनबहादुरलाई मेयरमा उठाउने बाचा गर्दै साम्पाङले लेखेका छन्, ‘आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो, मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !’

धनबहादुर एमाले छोडेर श्रम संस्कृति पार्टीमा आएका हुन् । धरानको ४ नम्बर वडामा एमालेबाट वडाध्यक्ष जितेका धनबहादुरलाई साम्पाङसँग नजिकिएपछि एमाले धरानले पदबाट बर्खास्त गर्ने सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?