सार्वजनिक बिदामा पनि आज र भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

लोकपथ
0
Shares

काठमाडौं । लगातार चार दिन सार्वजनिक बिदा परेकाले सर्वोच्च अदालतले आज र भोलि आंशिक रुपमा सेवा सञ्चालन गर्ने भएको छ ।

अदालत प्रशासनका अनुसार बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता तथा सुनुवाइका लागि बिहीबार र शुक्रबार अदालत खुला राखिने व्यवस्था गरिएको हो ।

यस अवधिमा सेवाग्राहीले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निवेदन दर्ता गराउन तथा आवश्यक सुनुवाइ प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

लगातार बिदाका कारण अत्यावश्यक प्रकृतिका मुद्दामा असर नपरोस् भन्ने उद्देश्यले सीमित सेवा सञ्चालन गर्न लागिएको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?