रास्वपाका यी सांसदमाथि जेनजी आन्दोलन भड्काएको आरोप, अनुसन्धानका लागि सिफारिस

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अहिलेका एक दर्जन बढी सांसदहरुमाथि अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ ।

जेनजी आन्दोलनका क्रममा ती व्यक्तिहरुले भीडलाई अनियन्त्रित गरेको, प्रर्दशन पूर्व र प्रदर्शनपछिका गतिविधि शंकास्पद रहेको भन्दै थप अनुसन्धान गर्न सिफारिस गरिएको हो ।

जसमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, आशिका तामाङ, शिव यादव, हरि ढकाल लगायत रहेका छन् ।

‘…प्रदर्शनपूर्व प्रदर्शनको दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरुको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धानले निजहरु प्रदर्शनमा सहभागिता हुन सक्ने भनी संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको देखिन्छ । उनीहरुको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउनभूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिकाटिप्पणी समेत भएको देखिँदा भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरुको संलग्नता रहे नरहेको निजहरुको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरु आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थाामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ,’ मानवअधिकार आयोगको प्रतिवेदनमा भनिएको छ ।

त्यसो त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत अन्य अभियन्ताहरुमाथि समेत अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?