काठमाडौं । जेठ १५ गते मनाइने गणतन्त्र दिवसमा यसपटक प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएका छन् । यसको सट्टा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्नुपर्ने परम्परा रहे पनि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिहरू केही दिनअघि राष्ट्रपतिको सचिवालय पुगेर गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गरिदिन अनुरोध गरेका थिए । उनीहरूले ‘गणतन्त्रको प्रतीक’ भएकाले राष्ट्रपतिले सम्बोधन गर्नु उपयुक्त हुने बताएका थिए ।
राष्ट्रपति कार्यालयले भने यस्तो परम्परा बदल्न कानुनी प्रक्रिया र विधि आवश्यक हुने सुझाव दिएको थियो । त्यसपछि सरकारले औपचारिक निर्णय गरेर पत्र पठाएको थियो ।
पत्र प्राप्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइएको र उनले नयाँ अभ्यासका रूपमा यसलाई स्वीकार गर्न सहमति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया